बैंककमा रहेका पूर्वयुवराज पारस शाहलाई एक शुभेच्छुकको घरमा बसिरहेका बेला मंगलबार राति हृदयाघात भएको छ । स्थानीय शुभेच्छुक सुनिल खड्काको घरमा आराम गरिरहेका बेला स्थानीय समयअनुसार रातको ११ः१५ मा पारसलाई हृदयाघात भएको थियो । हृदयाघातलगत्तै स्थानीय कम्युनिटीभेज अस्पतालमा लगिए पनि मध्यरातसम्म पारसको नाकबाट बगेको रगत थामिएको छैन । बैंककस्थित कार्यवाहक राजदूत डोरनाथ अर्याललाई सुनिलले पारसको हृदयाघातबारे जानकारी गराउँदै स्थिति केहीसुधारोन्मुख देखिएको जनाएका थिए । 'तत्काल कुनै सहयोग आवश्यक परे खबर गर्नुहोला भनेकोछु,' अर्यालले कान्तिपुरसँग टेलिफोनमा भने । सुनिलले पूर्वयुवराजको नाकबाट रगत बग्ने क्रममा केही कमी आएको कान्तिपुरलाई बताए । 'स्थिति सहज बनिसकेको छैन,' उनले भने ।

0 comments:
Post a Comment