Browse » Home » » चौथो पटक बाजुरामा भारी हिमपात, जनजिवन प्रभावित, ११ गाविसको आवतजावत बन्द

चौथो पटक बाजुरामा भारी हिमपात, जनजिवन प्रभावित, ११ गाविसको आवतजावत बन्द

बाजुराका उच्च भुभागमा हिजो राति देखि भारी हिमपात भएको छ । हिमपात र पानी परेपछि बाजुराको जनजिवन नराम्ररी प्रभावित भएको छ भने सदरमुकामबाट उत्तरीक्षेत्रमा पर्ने ११ गाविसमा हिमपातले आवत जावत समेत बन्द भएको छ।
सदरमुकाम देखि त्यस क्षेत्रमा जाने मुल बाटो पोरखेलेकमा अध्यधिक मात्रामा हिमपात भइरहेको र छ फिट भन्दा बढी हिम बाटोमा जमिसकेकाले आवतजावत बन्द भएको हो । सदरमुकाम नजिक सम्मको हिमपातले अत्यधिक चिसो बढेकाले सरकारी कार्यालयको काम समेत प्रभावित भएको छ ।
बाजुरामा संचालन भएको हातिपाइले रोग निवारणकार्यक्रम समेत प्रभावित भएको स्वास्थ्यकर्मीले बताएका छन । वितरण बजारको व्यवसाय समेत प्रभावित बनेको छ । सरदमुकाम सम्म चल्ने ट्याक्टर समेत बन्द भएका छन । चिसोले सदरमुकामको चहल पहल घटेको छ ।
चिसोल अधिकाँस विद्यालयको पढाइ समेत प्रभावित भएको छ । पोरखे लेखमा यति खेर ६ फिटबढी बाक्लो हिउ“ जमेको स्थानीयले बताएका छन । हिमपातको चिसोले जिल्लाका उच्च भागमा पर्ने विच्छ्या,“ रुगीन, दहकोट मातडी, मानकोट,आटिचौर, पाण्डुसैन र कैलाशमाण्डौ गाविसका अधिकांस गाउ“को जनजिवन कस्टकर भएको छ जसम महिला बालबालिका बढी प्रमावित बनेका छन ।
महिनाबारी हुदा गोठमा बस्न पर्ने छाउपडी महिलालाई चिसोले सास्ती व्यहोर्नु परेको छ । महिलाबारी हुदा घरबाहिर बस्नपर्ने र दिनहु नहानु पर्ने भएकाले महिलाले यो पिडा सहनगर्न बाध्यता भएको छ । हिउँले सदरमुकाम वरीपरीका डाँडाकाँडा सेताम्य बनेका छन । सरदमुकामबाट उत्तरका ११ गाविसमा जाने दैनिकउपभोग्य बस्तु तथा अन्य दैनिक कामहरु ठप्प बनेको छ । । चिसोका कारण जिल्लामा जरो र रुगाखोकीका विरामीको संख्या बढेको स्वास्थ्य कर्मीले बताएका छन ।

0 comments:

Post a Comment